७ श्रावण २०८३, बिहिबार

एमाले सिन्धुलीको अध्यक्षमा श्रेष्ठ विजयी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, १ वैशाख । नेकपा (एमाले) सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले वर्तमान अध्यक्ष कुमारबहादुर कार्की (रामकुमार)लाई पराजित गर्दै विजयी हुनुभएको हो ।

श्रेष्ठले चार सय ४१ मत प्राप्त गर्दा कुमारले तीन सय चार मत ल्याउनुभएको छ । उहाँहरू दुवै जनाले प्यानलसहित उम्मेदवारी दिनुभएको थियो ।

यस्तै उपाध्यक्षमा कुमार प्यानलका कर्ण घिसिङ त्रिपन्न मतले विजयी हुनुभएको हो । उहाँले तीन सय ९४ मत पाउँदा प्रतिद्वन्द्वी खड्ग रजनमगर ९धिरज०ले तीन सय ४१ मत पाउनुभयो ।

सचिवमा भने कुमार प्यानलका नवराज थिङ विजयी हुनुभएको छ । थिङ चार सय एक मतसहित विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी नारायण बरालले तीन सय २८ मत मात्रै पाउनुभएको छ ।

उपसचिव (खुला)मा पनि कुमार प्यानलका दीपेश बराल विजयी हुनुभएको छ । बराल दुई सय ३५ मत पाएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी कुमार शर्माले एक सय ५६ मत पाउनुभयो । यस्तै अर्का राजु बरालले एक सय ५१ टिकाबहादुर देवकोटा ९१ र शंकर कार्कीले ४५ मत पाउनुभएको छ ।

उपसचिव (महिला)मा भने श्रेष्ठ प्यानलकी पार्वती भट्टराई सर्वाधिक चार सय ८४ मतसहित विजयी हुनुभएको छ । उहाँकी प्रतिद्वन्द्वी मिथुला फुँयालले दुई सय २० मत पाउनुभएको छ ।

चैत २६ गते सुरू भएको एमाले सिन्धुलीको आठौं अधिवेशनमा तेस्रो दिन शुक्रबार मतदान भएको थियो ।

कुल सात सय ८३ प्रतिनिधि रहेकोमा सात सय ५४ मत खसेको थियो । शुक्रबार रातिदेखि पदाधिकारीको मतगणना गरिएको थियो भने सदस्यको मत गणना अब हुने निर्वाचन कमिटीले जनाएको छ ।