बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

एसीसी प्रिमियर कप : नेपाल र कतार भिड्दै

दैनिक नेपाल २०८१ वैशाख १ गते ७:५८

काठमाडौं, १ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ ।

ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ४ः१५ बजेदेखि सुरु हुने छ ।

नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेर विजयी सुरुवात गरेको थियो ।

त्यस्तै कतार भने पहिलो खेलमा हङकङसँग २६ रनले हार बेहोरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ । जसमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी,  कुशल मल्ल, ललित राजवंशी र विवेक यादव रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित