२१ असार २०८३, आइतबार

देशमा युवा पुस्ताले आफ्नो भविष्य देख्न सकेनन् : पूर्वराजा ज्ञानेन्द्र शाह

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा नयाँ पुस्ताले आफ्नो सुनौलो भविष्य नदेखेर भौतारीएको टिप्पणी गर्नुभएको छ ।

नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार नभएको बताउँदै युवा पुस्ताले पनि आफ्नो भविष्य नदेखेको बताउनुभएको हो ।

उहाँले आफ्नो सन्देशमा भन्नुभएको छ, ‘नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रुप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन सकेको छैन् । आज आम नेपालीको चिन्ता यही विषयमा छ । न देशको गौरव गरिमा बढेको छ, न त देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार आएको छ । जान्ने बुझ्ने बुढापाकाहरु अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन् त नयाँ युवा पुस्ता देशमा आफ्ना सुनौलो भविष्य नदेखेर भौतारीएका छन् ।’

पूर्वराजाले देशको युवा शक्ति पलायन हुँदै जानु गम्भीर विषय भएको बताउँदै शिक्षा, स्वास्थ्य, इलम, उद्यम, उत्पादन, लगानी, व्यापार, व्यवसाय र रोजगारीको व्यवस्था खस्किँदै जानु विडम्बना भएको बताउनुभएको छ ।

यस्तो छ पूर्वराजाको शुभकामना सन्देशः