बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

तीन महिनाभित्र ३ जना अभिकर्ताहरु एमडीआरटी बन्न सफल

दैनिक नेपाल २०८० चैत ३० गते २०:३५

काठमाडौं, ३० चैत । नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिनाभित्रै ३ जना अभिकर्ताहरु एमडीआरटी २०२५ बन्न सफल हुनुभएको छ ।

कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले तीन महिनाभित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेवल २०२५ मा छनौट हुन सफल हुनुभएको हो ।

एमडीआरटी–२०२५ को लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले बधाई दिएको छ । एमडीआरटी २०२५ को लक्ष्य पूरा गर्ने अभिकर्ताहरुले आगामी ९ महिनाभित्र सिओटी (कोर्ट अफ द टेवल) र टिओटी (टप अफ द टेवल) को लक्ष्य समेत पूरा गर्ने गरी बीमा व्यवसायलाई अगाडी बढाउने धारणा व्यक्त गर्नुभएको थियो ।

एमडीआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सिओटी र ६ गुणा प्रिमियममा टिओटी छनौट हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित