१३ असार २०८३, शनिबार

भीमफेदीमा विभिन्न पार्टी परित्याग गरी ५० जना एमालेमा प्रवेश

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ३० चैत । मकवानपुरको भीमफेदी गाउँपालिका-४ निवुवाटारमा विभिन्न पार्टी परित्याग गरी ५० जना नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

एमाले भीमफेदी-४ कमिटीको आयोजनामा भएको वडा भेलाको अवसरमा नेपाली काग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एस परित्याग गरी उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशी सोना श्रेष्ठलगायतलाई कार्यक्रमका प्रमुख अतिथि एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवाली र एमाले मकवानपुरका संयोजक एवं खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले अविर र खादा लगाएर स्वागत गर्नुभयो ।

नव प्रवेशिलाई स्वागत गर्दै मन्त्री श्रेष्ठले ठूलो संख्यामा पार्टी प्रवेशले विकासको काम एमालेले मात्रै गर्छ भन्ने जनतामा विश्वास पैदा गरेको बताउनुभयो ।

यस्तै उहाँले सबैलाई पार्टी सदस्य वृद्धि गर्न तर्फ लाग्न आग्रह गर्नुभयो ।