१३ असार २०८३, शनिबार

काँग्रेसले संसद चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ : केपी ओली

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले संसद चल्न नदिएको बताउनुभएको छ ।

आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै अध्यक्ष ओलीले काँग्रेसले संसद चल्न नदिएको बताउनुभएको हो ।

उहाँले अब संसद अधिवेशन अन्त्य हुने र फेरि अर्को आह्वान हुने स्पष्ट पार्नुभयो । ‘अधिवेशन अन्त्य हुन्छ, फेरि अर्को सुरू हुन्छ यस्तै हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको सहकारी प्रकरणमा सुंसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ ।