
बुटवल, ३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज शुक्रबार दिउँसो १ बजे प्रदेश सभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि चैत २३ गते मुख्यमन्त्री बन्नुभएका महराले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
संविधानबमोजिम मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । तर महराले एक साता नबित्दै विश्वासको मत लिन लाग्नुभएको हो । प्रदेश सभाको शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा उहाँले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
महरा गठबन्धनमा रहेका पाँच दल र एक स्वतन्त्र सांसद समेतको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । ८७ सदस्यीय प्रदेश सभामा उहाँलाई प्रदेशसभामा ४८ सांसदको समर्थन छ ।








प्रतिक्रिया