
विराटनगर, २९ चैत । सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशी प्रदेशको अध्यक्षमा नजवुल खान (निलम) चयन हुनुभएको छ ।
विराटनगरमा भएको महासंघको प्रथम महाधिवेशनबाट उदयपुरकी अधिकारकर्मी खान अध्यक्षमा चयन हुुनुभएको हो । नागरिकको सूचना पाउने अधिकार स्थापनाका लागि उहाँ लामो समयदेखि अभियन्ताका रुपमा क्रियाशील हुनुहुन्छ ।
त्यस्तै उपाध्यक्षमा ओखलढुङ्गाका लीलावहादुर सुनुवार र झापाका इश्वरा तिवारी चयन हुनुभएको छ ।
त्यस्तै, महासचिवमा झापाका सुरेन्द्र भण्डारी, सचिवमा मोरङका सोनु कुमार दास र विनोद भण्डारी चयन हुनुभएको छ । कोषाध्यक्षमा सुनसरीका यमुना गुरागाई (योषा) चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरमा जमुना विष्ट (ताप्लेजुङ), कृष्ण प्रसाद गौतम (तेह्रथुम), रञ्जिता खड्का (इलाम), धनचन्द्र दाहाल (भोजपुर), प्रतिभा शाह (उदयपुर), गार्डेन राई (सोलुखुम्बु), नारायण राई (धनकुट्टा), मंगल वैध (पाँचथर) र सुजन बज्रचार्य (संखुवासभा) रहनुभएको छ ।
२१ सदस्यीय कार्यसमिति रहने व्यवस्था अनुरुप बाँकी सदस्यहरु कार्यसमितिको बैठकबाट पछि थप गर्ने निर्णय भएको छ ।
विराटनगरमा भएको महासंघको प्रथम अधिवेशनको उद्घाटन आन्तरिक तथा कानून मन्त्री सम्शेर राईले गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री राईले कोशी प्रदेशलाई सुचना मैत्री प्रदेशको रपमा विकास गरेर लाने बताउनुभएको छ । उहाँले सूचनाको हक सम्वन्धि छुट्टै कानूनको व्यवस्था गर्दै आगामी वर्षबाट सूचनाको हक नागरिक स्तरमा पुर्याउन प्रदेश सरकारले जनस्तरमा कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्थापन गर्ने बताउनुभएको थियो ।








प्रतिक्रिया