आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

छात्राको संवेदनशील अंग छुने गणित शिक्षकलाई रामधुलाई

दैनिक नेपाल २०८० चैत २९ गते ८:३३

पटना, २९ चैत । भारत बिहारको हाजीपुर जिल्लाको एउटा स्कूलमा त्यस बखत हंगामा भयो, जब स्कूलको भित्रै एक जना शिक्षकलाई गाउँलेहरुले सुरु गरे रामधुलाई ।

यो घटना औद्योगिक थाना क्षेत्रको राजकिशोर उच्च विद्यालयको हो । विद्यालयकी छात्राहरुले शिक्षकमाथि अति गम्भीर आरोप लगाएका छन् ।

छात्राहरुको भनाइ थियो कि गणित विषय पढाउने शिक्षक विकासकुमारले उनीहरूसँग अश्लील हरकत गर्ने गर्दथे । छात्राहरुले शिक्षक विकासकुमार कक्षाकोठा बन्द गरेर छात्राहरुको संवेदनशील अंगहरु छुने गरेका थिए । विरोध गर्दा आरोपी शिक्षकले स्कूलबाट नाम काट्ने धम्की दिँदै आएका थिए ।

स्कूलकी छात्राहरुले कलयुगी टीचरको हरकत बदमासीको बारेमा आ-आफ्नो अभिभावकलाई बताएपछि अभिभावक स्कूल भित्र पसेर उसलाई पिटाई गरेका थिए । यस घटना बारे जानकारी अभिभावकले पाएपछि विद्यालयमा ठूलो बबाली भएको थियो ।

घटना साम्य पार्न विद्यालयमा प्रहरी टोली पुगेको थियो । तर विद्यालय पुगेका प्रहरी टोलीले पनि अभिभावकको गाली खानुपरेको थियो ।

गाउँलेको आक्रोस हेरेर विद्यालय गएका प्रहरी टोली त्यहाँ बाट ज्यान बचाएर भागेका थिए ।

आक्रोसित गाउँलेहरूले आरोपी शिक्षकलाई कैयौं घण्टासम्म विद्यालयको कोठाभित्रै थुनेर राखेका थिए ।

घटना पछि ठूलो संख्यामा गएका प्रहरी टोलीले आरोपी शिक्षकको सकुशल उद्धार गरेको थियो । प्रहरीले आरोपी शिक्षकलाई पक्राउ गरेर हिरासतमा लिएको छ ।  घटनामा प्रहरीको एउटा म्याग्जिन समेत हराएको छ ।

हाजिपुरका वरिष्ठ सुरक्षा अधिकारी सदर एसडीपीओ ओम प्रकाशले स्कूलको छात्राहसँग अश्लील हरकत गर्ने शिक्षकलाई हिरासतमा लिएर मुद्दाको छानबिन भइरहेको बताउनुभएको छ । उहाँका अनुसार स्थानीयहरुले गरेको हंगामा शान्त गर्न गएका एक जना पुलिसकर्मीको पेस्तोलको म्याग्जिन हराएको तथा त्यसको खोज तलास प्रहरीले गरिरहेको उहाँले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित