२० असार २०८३, शनिबार

अध्यक्ष ओली आज ताप्लेजुङको ओलाङचुङगोला जानुहुँदै

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला जाँदैहुनुहुन्छ ।

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुँदै उहाँले आफू त्यहाँ जान लागेको उल्लेख गर्नुभएको हो ।

‘आज म ताप्लेजुङस्थित ओलाङचुङगोला जाँदै छु । ओलाङचुङगोला समुद्री सतहबाट ५२०० मिटर उचाइमा छ । यो तस्वीर ओलाङचुङगोला नजिकैको गोला गाउँको हो । ३२०० मिटर उचाइमा रहेको यो शेर्पा बस्तीभन्दा माथि मानव बसोवास छैन । यहाँ धुपीसल्ला, लालीगुराँस, चिमल, भोजपत्र, सुनपातीजस्ता वनस्पति र चित्तल, घोरल, कस्तुरी, हिम चितुवा लगायत जीवहरु छन् । त्यहाँबाट फर्केपछि म तपाईंहरुलाई आफ्नो अनुभूति पनि बताउने छु ।’ अध्यक्ष ओलीले भन्नुभएको छ ।

ओलाङचुङगोला नजिकैको गोला गाउँ

अध्यक्ष ओलीको सचिवालयका अनुसार उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेतीसहित उहाँ त्यसतर्फ जान लाग्नु भएको हो ।

अध्यक्ष ओलीले त्यहाँका स्थानीयहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

चीनसँगको सिमाना ओलाङचुङगोला नाका अहिले बन्द रहेको छ । अध्यक्ष ओलीसँग स्थानीय बासिन्दाले चीनकोसँगको नाका खोल्न माग गर्ने तयारी गरेको बताइएको छ ।