८ असार २०८३, सोमबार

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्वारा पदभार ग्रहण

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पदभार ग्रहण गर्नुभएको छ ।

सिंहदरबारस्थित सभाकक्षमा बुधबार उहाँले पदभार ग्रहणपछि राष्ट्रिय सभाको उपाध्यक्षको पदको गरिमालाई सोहीअनुसार उचाइमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाको उपाध्यक्ष पदको गरिमालाई सोहीअनुसार उचाइमा राख्ने र समग्र राष्ट्रिय सभालाई नै त्यसको महत्व झल्काउने गरी अध्यक्षज्युसँग सहकार्य गर्ने र सबै माननीयज्युहरुसँग सहकार्य गरेर नै अगाडि बढ्ने प्रतिबद्धता जनाउँछु ।’

संविधानले व्यवस्था गरेको नियमावलीले दिएको मार्ग निर्देशनको परिधिभित्र रहेर सृजनात्मक ढंगले आफ्नो पद सम्हाल्ने विश्वास उहाँले दिलाउनुभयो ।

बुधबारै भएको निर्वाचनमा उहाँ कांग्रेस उम्मेदवारलाई पराजित गर्दै उपाध्यक्ष निर्वाचित हुनुभएको हो ।