२५ असार २०८३, बिहिबार

धितोपत्र बोर्ड अध्यक्षका ५ प्रतिस्पर्धीले बिहीबार कार्ययोजना प्रस्तुत गर्ने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २८ चैत । नेपाल धितोपत्र बोर्ड अध्यक्षका प्रतिस्पर्धीहरुले बिहीबार आफ्ना कार्यायोजना प्रस्तुत गर्ने भएका छन् । बोर्डका लागि ५ जनाले बिहीबार आ-आफ्नो कार्ययोजना प्रस्तुत गर्ने भएका हुन् ।

अध्यक्ष छनोट समितिले बिहीबार कार्ययोजना प्रस्तुत गर्न ‘सर्टलिस्ट’ मा परेका ती ५ जनालाई बोलाएको हो । कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम ‘सर्टलिस्ट’मा परेको छ ।

साथै ‘सर्टलिस्ट’मा परेका ५ जनाको कार्ययोजना मूल्यांकन गरी उत्कृष्ट ३ जनाको नाम छनोट समितिले मन्त्रिपरिषद्मा सिफारिस गर्ने छ ।

मन्त्रिपरिषद्मा सिफारिस भएका तीनमध्ये १ जनालाई अध्यक्षमा नियुक्त गरिने बोर्डले जनाएको छ ।