आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमाले अब चुनाव लड्न पाउने

दैनिक नेपाल २०८० चैत २८ गते ९:५८

रियो दि जिनरियो, २८ चैत । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले चुनाव लड्न पाउनुहुने भएको छ ।

दक्षिण अफ्रिकाको एक अदालतले पूर्वराष्ट्रपति ज्याकोब जुमालाई चुनाव लड्न प्रतिबन्ध लगाउने यसअघिको निर्णय उल्टाइदिए पछि उहाँ चुनाव लड्न पाउनुहुने भएको हो । अदालतले पहिलेको निर्णयलाई उल्टाउँदै देशमा हुन लागेको आम चुनावमा पदमा उम्मेदवार हुन सक्ने फैसला गरिदिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

निर्वाचन आयोगले यसअघि जुमाको उम्मेदवारीमा आपत्ति जनाउँदै आपराधिक अभिलेखका कारण पदमा उम्मेदवार हुन नसक्ने फैसला गरेको थियो । ‘निर्वाचन आयोगको निर्णय खारेज गरिएको छ ।’ अदालतले आफ्नो फैसलामा लेखेको छ ।

सन् १९९४ मा प्रजातन्त्रको आगमन पछि सबैभन्दा प्रतिस्पर्धात्मक मतदान हुने अपेक्षा गरिएको दक्षिण अफ्रिकामा मे २९ मा आम निर्वाचन हुँदैछ ।

जुन २०२१ मा जुमालाई आफ्नो राष्ट्रपतिको कार्यकालमा गरेको भनिएको आर्थिक भ्रष्टाचारमा बयान दिन अस्वीकार गरेपछि १५ महिनाको जेल सजायसमेत सुनाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित