१५ असार २०८३, सोमबार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २८ चैत । तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्री बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा घोराही उपमहानगरपालिका–१७ निवासी २३ वर्षीय सौगात ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्ले जानकारी दिनुभयो ।

मोटरसाइकलमा सवार रहेका तुलसीपुर उपमहानगरपालिका–११ बेलदमारका वर्ष ३५ का शरद लामिछाने गम्भीर घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका–१७ बेलभार, सिस्नेखोलाको ओरालोमा बसले मोटरसाइकललाई ठक्कर दिएको थियो । बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।