
काठमाडौं, २८ चैत । राष्ट्रिय सभा उपाध्यक्षका लागि आज हुन लागेको निर्वाचनमा दुई जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने राष्ट्रिय सभा बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ । आजको बैठकमा उपाध्यक्षको निर्वाचन हुनेछ ।
राष्ट्रिय सभा उपाध्यक्षका लागि नेकपा (एमाले)बाट सांसद विमला घिमिरेले उम्मेदवार दिनुभएको छ । घिमिरेलाई सत्ता गठबन्धनमा रहेका दलको समर्थन रहेको छ ।
यसैगरी, नेपाली कांग्रेसबाट सांसद विष्णुदेवी पुडासैनीले उम्मेदवारी दिनुभएको छ ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षका दुवै उम्मेदवारका प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।








प्रतिक्रिया