१० असार २०८३, बुधबार

संखुवासभामा छाेराकाे कुटाइले बुबाको ज्यान गयाे

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २७ चैत । संखुवासभामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु भएको छ । संखुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाँऊ स्थितमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको हो ।

सोमबार साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० वर्षीय युवराज राई र निजकै छोरा २८ वर्षीय सुमन राईबीच सामान्य घरायसी विषयमा वादविवाद हुँदा सुमन राईले शरिरको विभिन्न भागमा कुटपिट तथा ढुंगाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भीर घाइते भएका थिए ।

घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।