२६ असार २०८३, शुक्रबार

उपनिर्वाचन : आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिँदै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । उपनिर्वाचनअन्तर्गत आज निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने तयारी छ ।

आयोगका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ ।

त्यस्तै, दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेश सभातर्फ बझाङ १ (१) मा आगामी वैशाख १५ गते मतदान हुनेछ ।

उपनिर्वाचनका लागि इलाममा २० जना र बझाङमा १२ जनाको उम्मेदवारी परेको छ ।