१ असार २०८३, सोमबार

राप्रपाले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ ।

संवैधानिक राजतन्त्रको पुनः स्थापना तथा संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै राप्रपाले काठमाडौंमा बृहत् विरोध प्रदर्शन गर्न लागेको हो ।

बिहान साढे ११ बजे भृकुटीमण्डपमा जम्मा हुने र त्यसपछि प्रदर्शन सुरु हुने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार भृकुटीमण्डपमा जम्मा भएर काठमाडौंका विभिन्न स्थानको परिक्रमा गर्ने र जनसभा गर्ने कार्यक्रम रहेको छ ।

आजको विरोधमा देशभरिबाट ५० हजारभन्दा बढी मानिसहरु सडकमा उत्रिने राप्रपाले जनाएको छ ।

विभिन्न ४० बुँदे मागपत्र राखेको राप्रपाले जिल्लास्तरदेखि निरन्तर विरोधका कार्यक्रम गर्दै पार्टीको केन्द्रीयस्तरको विरोध कार्यक्रम आयोजना गरेको हो ।