१६ असार २०८३, मंगलबार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यद्यपि गृहमन्त्री लामिछानेमाथि लागेको सहकारीको रकम अपचलनको आरोपका सम्बन्धमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उहाँलाई रोष्टममा जान नदिने अडान कायम राखेको छ ।

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संसद्मा कांग्रेसको अवरोध हटाउन सोमबार सभामुख देवराज घिमिरेले संसद्का चार ठूला दलका नेताहरूसँग छलफल गर्नुभएको थियो । तर बैठक निष्कर्षविहीन बनेको थियो ।