११ असार २०८३, बिहिबार

सशस्त्र प्रहरीको गोदाम घरमा आगलागी : ९ सदस्यीय छानबिन समिति गठन

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा (स्टोर) सोमबार भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘के कारणले आगलागि भयो ?, आगलागीबाट के कति क्षति भयो ? सो विषयमा छानबिनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा छानबिन समिति गठन भएको छ, समितिमा विज्ञ व्यक्तिहरु पनि भएकाले छानबिनपछि मात्रै एकिन कुरा भन्न सकिने छ ।’

हालको प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् चुहावट भएर नै आगलागी भएको आँकलन गरिएको प्रवक्ता खड्काले बताउनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी मुख्यालय हलचोकमा ठाउँ अभावका कारण अन्य आवश्यक बन्दोबस्तीका सामग्री गोदममै राख्ने गरिएको थियो ।

आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सोमबार घटनास्थलमा पुग्नु भई आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिनुका साथै आगलागीबारे जाँच गर्न निर्देशन दिनुभएको थियो ।