२४ असार २०८३, बुधबार

एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, २६ चैत । नेकपा (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष हुनुहुन्थ्यो ।

नवौँ जिल्ला अधिवेशनले ५ पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कार्य कमिटी निर्विरोध निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन हुनुभएको छ ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज शपथ खुवाइने बताइएको छ ।

एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् ।  नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसंगठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका थिए ।