
काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा पार्टीको भुमिकाबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाउनुभएको छ ।
बैठक सभापति देउवाको निवासमा आज सोमबार बिहान ८ बजे बस्दैछ । बैठकमा सहभागिताका लागि वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाइएको उहाँको सचिवालयले जनाएको छ ।
सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेको भन्दै त्यसबारे छलफल गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले संसद्मा अवरोध सिर्जना गर्दै आएको छ ।
कांग्रेसको अवरोधका कारण गृहमन्त्री लामिछानेले संसद्मा सम्बोधन गर्न पाउनुभएको छैन् ।
सभापति देउवाले संसद्मा पार्टीको भूमिकाबारे नेताहरूसँग छलफल गर्न लाग्नुभएको हो । यसअघिको बैठकमा कांग्रेसले संसदीय समिति गठन गर्नका लागि सरकारलाई अल्टिमेटम दिएको थियो ।








प्रतिक्रिया