
काठमाडौं, २६ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत लखनउ सुपर जाइन्टले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा लखनउले गुजरातलाई ३३ रनले पराजित गरेको हो । लखनउले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरात १८.५ ओभरमा अल आउट हुँदै १३० रन मात्र बनाएपछि खेल ३३ रनले हारेको थियो ।
यसअघि लखनउले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।
यो जितपछि लखनउको ४ खेलमा ३ जित र एक हारसहित ६ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरी गुजरातको भने ५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।








प्रतिक्रिया