शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

सीएचटीसी मोटर्सका चिनियाँ भ्यानहरू मेगा बिजनेस ग्रुपले नेपालमा भित्र्याँउदै

दैनिक नेपाल २०८० चैत २५ गते २१:४९

काठमाडौं, २५ चैत । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स)को नेपालको लागि आधिकारिक बिक्रेताको रुपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ ।

यी दुई कम्पनीहरुले यस सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । योसँगै अब मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरुको नेपाली बजारमा बिक्री वितरण गर्नेछ ।

व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरु वातारण मैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जानकारी गराएको छ । साथै अप्रिलको अन्त्यतिर यी उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुनेछन् ।

६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी , ४१.८६ किलोवाट क्षमताको ब्याट्री, २८५ किलोमिटर रेञ्ज (एक पटकको फुल चार्जमा), लिथिएम आएन ब्याट्री प्याक, २०५ एम.एम. ग्राउण्ड क्लिएरेन्स, सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषताहरु रहेका छन् । यी भ्यानहरुमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ । कम्पनीका अनुसार नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानहरुमा यी सुविधा छैन् ।

त्यस्तै यसमा ११ सिट क्षमताको भ्यानमा बुट स्पेस समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

चीन सरकारद्वारा सञ्चालित सीएचटिसी मोटरस विश्वको ५०० सर्वोत्कृष्ट कम्पनीहरु मध्येको सिनोमाच ग्रुपको एक इकाई हो । समुच्च प्रविधिमा आधारित सीएचटिसी मोटरस चीनको अटोमोबाइल बजारमा अग्रणी नाम हो ।

प्रतिक्रिया
सम्बन्धित