बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

नेपाल एसबीआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा छुट

दैनिक नेपाल २०८० चैत २५ गते २१:१४

काठमाडौं, २५ चैत । नेपाल एसबीआई बैंक लिमिटेड र विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि (न्युरो अस्पताल)बीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतामा बैंकका कोशी प्रदेश प्रमुख रविन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित