
दाङ, २५ चैत । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कांग्रेस र एमालेबीच गठबन्धन हुन जरुरी रहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन दाङले आइतबार लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले आफूले कांग्रेस र एमालेको नयाँ गठबन्धनको सम्भावना देखेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘मुलुकमा नयाँ राजनीतिक समीकरणको सम्भावना मैले देखिरहेको छु । यो समीकरण नेपाली कांग्रेस र एमालेका बीचमा हुनेछ, र यो गठबन्धन हुने उच्च सम्भावना छ ।’
यो सरकार धेरै दिन नचल्ने दाबी गर्दै कोइरालाले यसको विकल्पको रुपमा कांग्रेस र एमालेबीचको समीकरण नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुलुकमा स्थायित्व आवश्यक छ, यो स्थायित्वका लागि कांग्रेस र एमाले बीच गठबन्धन हुनु जरुरी छ । यसर्थ यो गठबन्धनको अपरिहार्य म देख्छु ।’
कांग्रेस एमालेकाबीचमा नयाँ समीकरण निर्माण गर्ने सवालमा अहिले छलफलसमेत भइरहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया