१५ असार २०८३, सोमबार

मनहरीको मन्दिर परिसरमा एक जना मृत फेला

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २५ चैत । मकवानपुरको मनहरी गाउँपालिका-७ तल्लो बजारस्थित मुक्तेश्वर महादेव मन्दिर परिसरमा एक जना मृत फेला परेका छन् ।

राक्सिराङ गाउँपालिका-२ निङराङ घर भएका ५१ वर्षीय डिलबहादुर थिङ मृत फेला परेका हुन् । उनको शव आफन्तजनले पहिचान गरेको प्रहरीले जनाएको छ ।

मुक्तेश्वर महादेव मन्दिर परिसरमा निर्मित प्रतिक्षालयमा सुतेका उनी आइतबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको र घटनाको थप अनुुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।