शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एकैदिन २९ सय रुपैयाँले बढ्यो

दैनिक नेपाल २०८० चैत २५ गते ११:४१

काठमाडौं, २५ चैत । नेपाली बजारमा सुनको भाउले आज आइतबार नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको भाउ प्रतितोला २९ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि चैत २२ गते सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो । छापावाल सुन तोलाको १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ किनबेच भएको थियो ।

यता, आज चाँदीको भाउ पनि प्रतितोला ५५ रुपैयाँले बढेर १६ सय ७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १६ सय १५ रुपैयाँमा स्थिर रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित