
२५ चैत, काठमाडौं । नेकपा (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनले तुलसी शिवाकोटीको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
शनिबार राति अबेर सम्पन्न अधिवेशनले उपाध्यक्षमा किरण माली, सचिवमा सुमनप्रसाद पराजुलीलाई निर्वाचित गरेको छ । त्यसैगरी दुई उपसचिवमा महिलातर्फ विजया खड्का र खुलातर्फ शालिग्राम सुवेदीलाई निर्वाचित गरेको छ ।
आठौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष शिवाकोटी र सचिव पराजुलीले कार्यथलो पुगेर सदस्यता वृद्धि गर्दै संगठित हिसाबले जिल्ला कमिटीलाई अगाडि बढाउने र आगामी ३ वर्षमा जिल्ला कमिटीमध्ये मजदुर विशेष जिल्ला कमिटीलाई उत्कृष्ट जिल्ला कमिटी बनाउने बताउनुभएको छ ।
अधिवेशनले महिला, युवा, समग्र, जुगकाटेमयु, होटल, यूनिट्राभ, यातायात, अटो, क्यूपेक, स्वरोजगार, नेभा, स्वास्थ्य, सुरक्षा, बाप्सु, सफाई, इम्प्रशन स्पोर्टस, उपत्यकाका कामपासहित उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुरका विभिन्न नगरसहितका प्रतिनिधिलाई समेटेर सदस्यहरु निर्वाचित गरेको छ ।
कमिटीको सदस्यहरुमा रञ्जु थापा, गंगा नकर्मी, गीता लामिछाने, कुमारी घिमिरे, कल्पना आचार्य, अनुपा अर्याल, उदास श्रेष्ठ, निमप्रसाद बराल कोपिला मैनाली, रमा गजुरेल, हरिभक्त अर्याल, शारदा धिमाल, विदुर प्रसाद भट्टराई, अमर बहादुर तामाङ निर्विरोध चयन हुनुभएको छ ।
त्यसैगरी शंकर थापा, विष्णु लामा, प्रदिप घिमिरे, कीर्तिनिधि विष्ट, यमकली तामदामी, पूर्णप्रसाद देवकोटा, नानीमैया बस्नेत, मिना गुरुङ डंगोल, राजेन्द्र सिंह ठकुरी, भैरवकुमार श्रेष्ठ, चन्द्र सागर लामा, ईश्वरबहादुर दुवाडी, कृपा कार्की, रोशन शाही, टेकनारायण यादव, डाकबहादुर राउत, टेकबहादुर पौडेल, मालती महत थापा, प्रकाश बस्नेत सदस्य रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा दिवाकर पोखरेल, रामकुमार ढुंगाना, शिवकुमार श्रेष्ठ, बिल बहादुर कार्की, यादव प्रसाद ढकाल, मञ्जु ज्ञवाली, कुमारप्रसाद ढुंगाना चयन हुनुभएको छ ।
अधिवेशनले बाबुराम कोइरालाको अध्यक्षतामा ५ सदस्यीय लेखा कमिटी पनि निर्वाचित गरेको छ ।
लेखा कमिटीको उपाध्यक्षमा शंकर घिमिरे, सचिवमा साजन श्रेष्ठ र सदस्यहरुमा रञ्जु जोशी र शारदा जैशी शर्मा रहनुभएको छ ।








प्रतिक्रिया