मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

थ्रीस्टार हाइड्रोपावरले बोलायो साधारण सभा

दैनिक नेपाल २०८० चैत २५ गते १०:२९

काठमाडौं, चैत २५ । थ्रीस्टार हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा २०८१ वैशाख २३ गते बस्ने भएको छ ।

सभामा हकप्रद सेयर निष्कासन प्रस्ताव पेश गर्ने र सभामा सञ्चालक निर्वाचन पनि हुनेछ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ । कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव पेश गरेको छैन ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् । सभा जर्मन होम्स गठ्ठाघर भक्तपुरमा बिहना ११ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित