२५ असार २०८३, बिहिबार

उपनिर्वाचन : उम्मेदवारविरुद्ध दाबी विरोध आज

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ प्रदेश सभा–१ मा प्रदेश सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनअन्तर्गत आज उमेदवारविरुद्ध दाबी विरोधको कार्यतालिका छ ।

निर्वाचन आयोगले उम्मेदवारहरूको नाम प्रकाशित गर्दै दाबी विरोधको सूचना दिन आह्वान गरेको छ । आयोगका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने र ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिका छ ।

उपनिर्वाचनका लागि शनिबार भएको उम्मेदवारको मनोनयन दर्ताअन्तर्गत इलाम–२ मा २० जना र बझाङ प्रदेशसभामा १२ जनाले मनोनयन दर्ता गराएका छन् ।

आयोगले २६ गते बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने, २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता र २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । त्यसपछि त्यही दिन ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । मतदान भने वैशाख १५ गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म हुनेछ ।