२७ असार २०८३, शनिबार

नयाँ सत्ता समीकरणले सकारात्मक सन्देश दिएको छ : पृथ्वीसुब्बा गुरुङ

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले दक्षिणपन्थी गठबन्धन भत्काएर बनेको नयाँ सत्ता समीकरण बनेपछि जनतामा सकारात्मक सन्देश पुगेको बताउनुभएको छ ।

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) कास्कीको वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उहाँले नयाँ समीकरण पूरा समय टिकाएर नेपाली जनतालाई समृद्धि र सुशासनमा प्राथमिकता दिने विश्वास व्यक्त गर्नुभयो । आगामी नर्वाचनमा एमालेलाई मुलुकको पहिलो र निर्णायक शक्ति बनाउने दाबी उहाँले गर्नुभयो ।

एमाले पार्टीभित्र दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता बढेकाले पार्टीको आन्तरिक जीवन व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो । पार्टीका हरेक कमिटीलाई अनुशासनमा राख्दै युवा पुस्तालाई पार्टी एमालेप्रति आकर्षण गर्ने कार्यक्रम अगाडि सार्नुपर्नेमा उहाँले बताउनुभयो ।

एमालेका केन्द्रीय कमिटीका सदस्य तथा पीपीएलएका इञ्चार्ज रमेश वडालले संगठनको मुख्य काम नेपाल बार एशोसियशनको निर्वाचन सफल बनाउने बताउनुभयो । एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले संगठनले पार्टीका लागि कानुनी सल्लाहकारको रुपमा काम गरेको बताउनुभयो ।

साथै अधिवेशनले अध्यक्ष मदनप्रसाद तिवारीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष विष्णुप्रसाद अधिकारी, खुला सचिवमा रुद्र कुँवर, महिला सचिवमा सुष्मा ओझा, कोषाध्यक्षमा भूपराज पोखरेल चयन हुनुभएको छ ।

कार्यसमितिको सदस्यहरुमा ईश्वरी पौडेल, खगेन्द्रराज घिमिरे, दधिराम पौडेल, गोविन्द काफ्ले, दीपक शर्मा पौडेल, संगीता काफ्ले, रमेशप्रसाद शर्मा, प्रदीप अधिकारी, कविता शर्मा अधिकारी, कुञ्जनी परियार प्यासी चयन हुनुभएको छ ।