
इलाम, २४ चैत । इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा नेकपा (एमाले)बाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
शनिबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको सुहाङका प्रस्तावकमा एमालेका रवीन्द्र सुवेदी र समर्थकमा नेकपा (माओवादी केन्द्र)का धीरेन्द्र शर्मा रमण रहनुभएको छ ।
मनोनयन दर्तामा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, हिक्मत कार्की, शिवमाया तुम्बाहाम्फे, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतका नेता कार्यकर्ताहरु सहभागी हुनुहुन्थो ।
मनोनयन दर्ता अघि एमालेका उम्मेदवार सुहाङले सहिद रत्नकुमार वान्तावा, आदिकवि भानुभक्क्त आचार्य, सहिद वम वान्तावा, राष्ट्रिय विभूति शङ्खधर साख्वाका शालिकमा माल्यार्पण गर्नुभएको थियो ।


तस्वीरहरू: राजेन्द्र श्रेष्ठ












प्रतिक्रिया