१७ असार २०८३, बुधबार

मार्क्सवादमा जस्तो शक्ति र उर्जा अन्य कुनै सिद्धान्तमा छैन् : अग्नि सापकोटा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले मार्क्सवादमा जति शक्ति र उर्जा संसारको कुनै अन्य सिद्धान्तमा नभएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा लेखक तिलक शर्मा ‘हिमाल’को संस्करण संग्रह ‘बन्द पर्खाल’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले मार्क्सवादमा जति शक्ति अन्य सिद्धान्तमा नभएको मार्क्सवादप्रति आफू कति जिम्मेवार छौँ भन्ने कुराले अर्थ राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मार्क्सवादमा जति शक्ति मार्क्सवाद जति उर्जा यो दुनियाँमा अरु कुनै सिद्धान्तमा छैन् । त्यही भएर सवाल कहाँनिर हो त भन्दा हामी मार्क्सवादप्रति कति जिम्मेवार छौँ ।’

लेखक शर्माको संग्रहमाथि टिप्पणीमा लामो समय बिताउनुभएका सापकोटाले ‘बन्द पर्खाल’मा लेखिएका शब्दहरु कलमले नभइ मुटुले लेखिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संस्करण संग्रह ‘बन्द पर्खाल’मा लेखिएका शब्दहरुले कलमले होइन मुटुले लेखिएका छन् । किताबको पहिलो पृष्ठदेखि अन्तिमसम्म यस्तो पनि हुनसक्ला र भन्ने कुरा कहीँ पनि लेखिएको छैन् । यति इमानदारितपूर्वक, जिम्मेवारीपुर्वक किताव लेखिएको छ कि वास्तवमा भन्ने हो भने त्यसले धेरै नै छुन्छ । लेखकीयप्रति इमानदार हुनु, निष्ठावान त छँदैछ तर विचार निर्माणको सवालमा नै मुख्य कुरा हो ।’

आफूले जनयुद्धका दिनहरु सम्झिँदा मुटुबाट रगतका धाराहरु झरेजस्तै अनुभुती हुने उहाँको भनाइ छ ।