२५ असार २०८३, बिहिबार

डाँडाबजारमा खानेपानीका लागि १ करोड बजेट दिने मन्त्री राईको घोषणा

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, २४ चैत । खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित डाँडाबजारमा खानेपानी व्यवस्थापनका लागि एक करोड बजेट उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

डाँडाबजारस्थित भानु माध्यमिक विद्यालयमा आज बिहान आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो घोषणा गर्नुभएको हो । सकेसम्म चालु आर्थिक वर्षमै बजेट उपलब्ध गराउने मन्त्री राईको भनाइ छ । चालु आर्थिक वर्षमा उपलब्ध हुन नसके आगामी आर्थिक वर्षमा बजेट उपलब्ध गराइने मन्त्री राईले बताउनुभयो ।

‘यहाँको खानेपानी समस्या हल गर्नका लागि सक्दो सहयोग गर्नेछु ।’ मन्त्री राईले भन्नुभयो, ‘यही आर्थिक वर्षमा एक करोड बजेट उपलब्ध हुनेछ, यो पटक सकिएन भने पनि अर्को आर्थिक वर्षमा बजेट आउँछ, ढुक्क हुनुहोस् ।’

बजेटलाई सही ढंगले खर्च गरेर खानेपानीको समस्या हल गर्न मन्त्री राईले स्थानीय जनप्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी लगायतलाई आग्रह गर्नुभयो ।

सोही अवसरमा साँगुरीगढी गाउँपालिका–५ का वडाध्यक्ष खड्ग लिम्बुले खानेपानीसहित अन्य पूर्वाधार विकासका लागि मन्त्री राईसमक्ष माग पत्र पेश गर्नुभएको थियो ।

मन्त्री राईले यसअघि धनकुटा बजारको खानेपानी समस्या समाधानका लागि पनि एक करोड उपलब्ध गराउने उद्घोष गर्नुभएको थियो ।