२८ असार २०८३, आइतबार

आईपीएल : राजस्थान र बैंगलुरु भिड्दै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज एक खेल हुँदैछ । आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच यो खेल जयपुरमा हुनेछ । यो खेल नेपाल इसम्य अनुसार राति ७ः४५ बजेदेखि सुरु हुनेछ ।

राजस्थान रोयल्सले यस सिजनमा खेलेका तीनै खेल जितेर ६ अंक हासिल गरेको छ भने रोयल च्यालेन्जर्स बैंगलुरुले भने ४ खेलमा एक मात्र जित हासिल गरेको छ भने तीन खेलमा हार बेहोरेको छ ।

राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट, दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको थियो भने चेन्नई सुपर किंग्स, कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टसँग हार बेहोरेको थियो ।

राजस्थान यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो । राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियाँ पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ ।

त्यस्तौ फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् भने कप्तान फाफसहित ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् ।  त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो ।