१५ असार २०८३, सोमबार

ललितपुरको मेटल कारखानामा आगलागी, एक जनाको मृत्यु

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । ललितपुरको हात्तिवनस्थित एक कारखानामा शनिबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

ललितपुर महनगरपालिका– २३ स्थित सिक्मा मेटल इन्स्ट्रकमा आगलागी हुँदा एक पुरुषको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेश सुवेदीका अनुसार कारखानामा लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन् ।

प्रहरीका अनुसार अनुसार अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।