बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

बेलायतमा भेटियो सबैभन्दा ठूलो सुनको डल्लो तर भएन बिक्री

दैनिक नेपाल २०८० चैत २४ गते ८:३४

लन्डन, २४ चैत । बेलायतमा सबैभन्दा ठूलो सुनको डल्ला फेला परेको छ ।

इङ्गल्याण्डमा फेला परेको सबैभन्दा ठूलो सुनको डल्ला लिलामीको लागि ल्याइएको छ ।  तर यसको उत्पत्ति रहस्यमा नै रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

रिचर्ड ब्रोकले मेटल डिटेक्टर मेसिन प्रयोग गरिरहनुभएको थियो, जब उहाँले केही समयपछि बहुमूल्य धातुको डल्ला भेटाउनुभएको थियो । पछि ल्याबमा परीक्षण गरेपछि यो धातु सुनको भएको पत्ता लागेको थियो ।

यो सुनको मूल्य ३० हजार देखि ४० हजार बेलायती पाउन्ड बीचमा तोकिएको छ । तर लिलामीमा बेच्न राखिएको भए पनि त्यो अझै बिक्री भने भएको छैन् । यद्यपि रिचर्ड ब्रोक अझै पनि यो बहुमूल्य धातुको डल्लो बेचिने आशामा रहनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित