१४ असार २०८३, आइतबार

उपनिर्वाचन : इलाम र बझाङमा आज उम्मेदरवारी दर्ता

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको नाम मनोनय दर्ता हुने कार्यक्रम छ । इलाम क्षेत्र नं.२ र बझाङ प्रदेश १ (१) मा रिक्त स्थानमा उपनिर्वाचन हुन गइरहेको छ ।

आज शनिबार ती दुवै स्थानमा उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् । उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने समय निर्धारण गरेको छ ।

आज साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची आयोगले प्रकाशन गर्ने गर्ने छ ।

त्यसैगरी उम्मेदवारको विरोधमा उजुरी दिनका लागि आयोगले आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय तय गरेको छ । अपराह्न ५ बजेपछि भने आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरीबारे जाँच गरी निर्णय सार्वजनिक गर्नेछ ।

इलाम क्षेत्र नं. २ मा तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएपछि यो क्षेत्र खाली भएको हो ।

त्यसैगरी, बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा पनि त्यस क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य कांग्रेसका पृथ्वीबहादुर सिंहको गत २५ असारमा सवारी दुर्घटनामा निधन भएपछि त्यो क्षेत्र पनि रिक्त भएको हो ।

पर्सि चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते भने आयोगले उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।