१ कार्तिक २०८३, आइतबार

लापोर्टेको निर्णायक गोलमा अल नासर विजयी

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । साउदी प्रो लिग अन्तर्गत अल नासरले डामकलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा अल नासरले डामकलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा खेलको ९१औँ मिनेटमा आयमेरिक लापोर्टेले निर्णायक गोल गरेका थिए । यसअघि लगातार दुई खेलमा ह्याट्रिक गरेका क्रिस्टियानो रोनाल्डो यस खेलमा सब्सटिच्यूटको रुपमा मैदानमा आएका थिए ।

यो जितपछि अल नासरको २७ खेलमा ६५ अंक भएको छ र शीर्ष स्थानमा रहेको अल हिलालभन्दा १२ अंकले पछाडी रहेको छ ।

त्यसैगरी डामकको भने २७ खेलमा ३५ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।