मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

घट्यो डलर, पाउण्ड र युरोको विनिमय दर

दैनिक नेपाल २०८० चैत २४ गते ७:१९

काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८पैसा रहेको छ ।

हिजो डलरको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ८१ पैसा पुगेको थियो । बिहीबार भने डलरको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर ३३ रुपैयाँ ८० पैसा कायम थियो ।

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ १० पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसामा झरेको छ ।

शुक्रबार युरो खरिद दर १४४ रुपैयाँ ६७ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा पुगेकोमा बिहीबार खरिद दर १४३ रुपैयाँ ६० पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसामा कारोबार भएको थियो ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७२ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६४ पैसा र बिक्री दर १६९ रुपैयाँ ४० पैसा रहेको थियो ।

बिहीबार भने पाउण्डको खरिद दर १६७ रुपैयाँ ५७ पैसा र बिक्री दर १६८ रुपैयाँ ३३ पैसामा कारोबार भएको थियो ।

शुक्रबार रियालको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेकोमा शनिबार रियालको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको छ । शनिबार पाउण्ड,युरो,डलर र रियाल सबैको भाउ घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित