२५ कार्तिक २०८३, बुधबार

आज गण्डकी र कर्णालीको पहाडी भू–भागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । आज देशको पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली रहि बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

शनिबार बिहानैबाट गण्डकी र कर्णाली प्रदेश सहित देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली भएको छ । बाँकी भू–भागमा भने मौसम आंशिक बदली देखि मुख्यतया सफा रहको छ ।

आज दिउँसो गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ ।

गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै भू–भागमा हावाहुरीको सम्भावना रहेको छ ।

शनिबार राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।