मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

अब कृषि विकास बैंकको मोबाईल एपबाटै कर्जा पाउन सकिने

दैनिक नेपाल २०८० चैत २३ गते २१:३९

काठमाडौं, २३ चैत । कृषि विकास बैंकले बोईल बैंककिङ्ग एपबाटै कर्जा दिने भएको छ । बैंकको ADBL Smart Plus App बाट बिना धिता २ लाख रुपैयाँसम्म पाउन सकिने भएको हो ।

बैंकले अनुसार योग्य व्यक्तिले २ लाख सम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैकिङ्ग एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्ने जनाएको छ।

बैंकमा तलवी प्रकारका खाता भएका ग्राहकहरुले बैंकले तोकेको सीमा अनुसार मोबाइल बैंकिङ्ग एपबाटनै कर्जा लिन, उक्त कर्जाको भुक्तानी सक्ने जनाइएको छ । बैंकका अनुसार अवधि ईएमआइ आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन भने पूर्व भुक्तानीको विकल्प पनि रहनेछ ।

बैंकले ADBL Instant Foneloan योग्य ग्राहकहरुले Buy Now, Pay Later सुविधा पनि प्राप्त गर्न सक्ने जनाएको छ  । BNPL सुविधाको प्रयोग कुनै पनि Fonepay मर्चेन्टमा QR पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ । यसबाट ग्राहकले आफुलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समय भित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ ।

त्यसैगरी “Convert to EMI” सुविधा पनि प्राप्त गर्न सक्नेछन् जस अन्तर्गत योग्य ग्राहकहरुले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी सममासिक किस्तामा भुक्तानी गर्न सकिने छ ।

सेवा प्रयोग गर्न मोबाइल बैंकिङ्ग एप मार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग ADBL Instant Foneloan मा रजिस्टर गर्न सकिनेछ । कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरु जस्तै बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोवार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको आदि जस्ता आधारमा सफ्टवेयर मार्फत तय गरिन्छ । योग्य ग्राहकहरुको आफ्नो मोबाइल बैकिङ्ग एप भित्र फोन लोन ब्यानर र रजिस्टर बटन देखा पर्ने जनाइएको छ । एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि Instant Foneloan का सबै सेवाहरु प्राप्त गर्न सकिने छ । सेवा सुचारु गरे पश्चता सरकारी बैंकहरु मध्ये फोनलोन सेवा संचालनमा ल्याउने कृषि विकास बैंक लि पहिलो समेत बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित