४ श्रावण २०८३, सोमबार

एक बोरा धान लुट्न ७० वर्षीया वृद्धाको हत्या

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । सर्लाहीमा एक बोरा धान लुट्नको लागि ७० वर्षीया वृद्धाको हत्या भएको छ ।

बागमती नगरपालिका–४, जिरायतकी ७० वर्षीया पार्वतीदेवीको हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय प्रमोद झा भनिने प्रमोद चौधरीलाई प्रक्राउ गरी सार्वजनिक गरेको हो ।

रौतहटको वृन्दावन नगरपालिका–५ नरकटिया घर भई हाल सर्लाहीको बागमतीमा मजुरी गरेर बस्दै आएका चौधरीले एक बोरा धान लुट्नको लागि पार्वतीदेवीको हत्या गरेको प्रहरीले जनाएको छ ।

स्थानीय बौधु महतोकी पत्नी पार्वतीको मंगलबार साँझ आफ्नै घरमा विभत्स अवस्थामा शव फेला परेको थियो ।

घरमा अरु कोही नभएको बेला चौधरीले धान लुट्न खोजेपछि वृद्धाले प्रतिकार गर्दा चिर्पट प्रहार गरेर वृद्धको हत्या गरेर उनले एक बोरा धान बोकेर हिँडेको पाइएको प्रहरीले जनाएको छ । चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।