
काठमाडौं, २३ चैत । काठमाडौंमा जारी एकदिवसीय शृंखलाअन्तर्गत आज नेपाल ‘ए’ले आयरल्याण्ड वुल्भ्सविरुद्ध दोस्रो खेल खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।
यसअघि बुधबार भएको पहिलो खेलमा आयरल्याण्डले नेपाल ‘ए’लाई २१ रनले पराजित गर्यो । बुधबार खराब प्रर्दशन गरेको नेपाल ‘ए’लाई आजको खेल जितेर शृंखला बराबरी गर्नुपर्ने दबाब छ । शृंखलाको अन्तिम खेल भने आइतबार हुनेछ ।
नेपाल ‘ए’ सँगको खेलअघि आयरल्याण्ड वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । दुवै खेलमा आयरल्याण्ड पराजित भएको थियो । तर, नेपाल ‘ए’सँग तीन टी–२० सिरिज हुँदा आयरल्यान्डले २–१ ले जितेको थियो ।








प्रतिक्रिया