१९ असार २०८३, शुक्रबार

कोशी प्रदेशमा अब चाँडै सरकारमा दावी पेश गर्छौँ : हिक्मत कार्की

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २२ चैत । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले अब चाँडै एमाले र माओवादीको नेतृत्वमा कोशी सरकारमा दावी पेश गरिने बताउनुभएको छ ।

बिहीबार प्रेस चौतारी नेपाल कोशी प्रदेश सल्लाहकार समितिले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले अर्को सरकार बन्ने विकल्प रहुन्जेल संसद विघटन नहुने दावी गर्नुभएको छ । संविधानको धारा ५ बाट २ मा फर्किने उहाँको भनाइ छ ।

एमाले-माओवादीले सरकारमा दावी गरेपछि वर्तमान मुख्यमन्त्रीले विश्वासको मत लिने बहानामा एक महिना सरकार लम्बाउन सक्ने पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका नेता कार्कीले बताउनुभयो ।

कोशी प्रदेशमा माओवादीले दोहोरो चरित्र देखाएका कारण सरकार फेरबदलमा ढिलाई भएको कार्कीले प्रष्ट पार्नुभएको छ ।