३० असार २०८३, मंगलबार

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैँ

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिनुहुनेभएको छ ।

प्रदेश सभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताउनुभयो ।

शाह नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्नुभएको हो ।

केन्द्रमा कांग्रेस–माओवादी गठबन्धन हुँदा मुख्यमन्त्री बन्नुभएका शाह माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएको थियो ।

केन्द्रमा माओवादी–एमाले गठबन्धन बनेपनि सुदुरपश्चिममा फरक गठबन्धनको कसरत भइरहेको छ ।

मुख्यमन्त्री शाहले प्रदेशमा रहेका नागरिक उन्मुक्ति, राप्रपा र स्वतन्त्र समेत मिलाएर नयाँ गठबन्धनको सरकार बनाउने प्रयास गरिरहनुभएको छ ।

प्रदेश सभामा कांग्रेसको १८, नागरिक उन्मुक्तिको ७, राप्रपाको एक र स्वतन्त्र एक गरी २७ मत आफ्नो पक्षमा जुटाउने मुख्यमन्त्री शाहको कसरत छ । तर नागरिक उन्मुक्तिभित्रको विवादका कारण उहाँले विश्वासको मत पाउने वा नपाउने भन्ने टुंगो छैन् । राप्रपाले भने शाहलाई मत दिने देखिएको छ ।