५ श्रावण २०८३, मंगलबार

पीएसजी फ्रेन्च कपको फाइनलमा

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । पेरिस सेन्ट जर्मेइन पीएसजी फ्रेन्च कप (कोपा डे फ्रान्स) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलमा पएसजीले रेनेसलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । पीएसजीलाई फाइनल पुर्‍याउन केलियन एम्बाप्पेले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो । एम्बाप्पेले ४० औं मिनेटमा फाबियन रुइजको पासमा गोल गरेका थिए ।

फ्रेन्च कपको उपाधिका लागि लियोनसँग पीएसजीले खेल्ने छ । लियानेले भ्यालेन्सिनेसलाई मंगलबार ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । लियोन र पीएसजीबीचको फाइनल खेल मे २५ मा हुने छ ।