२५ असार २०८३, बिहिबार

त्रिशूलीमा ट्याक्सी दुर्घटना हुँदा बेपत्ता भएका युवकको शव फेला

8.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, २२ चैत । शनिबार त्रिशूली नदीमा ट्याक्सी दुर्घटना हुँदा बेपत्ता भएका १८ वर्षका युवकको शव फेला परेको छ ।

गोरखा नगरपालिका–७ स्थित पौवाखेतका विवश रोकाको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

घटनाको चार दिनपछि विवशको शव त्रिशूली नदी किनारमा फेला परेको हो । शनिबार काठमाडौंमा निधन भएका बुवा शङ्कर रोकाको पशुपतिमा अन्त्येष्टि गरी गोरखा फर्कने क्रममा बा२ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकैबाट त्रिशूली नदीमा खसेको थियो । सोही दुर्घटनामा विवश बेपत्ता भएका थिए ।

मृतक रोकाका हजुरआमा, दुई जना फूपुदिदी, भिनाजु र फूपुदिदीका छोराको भने सोही दिन घटनास्थलमै शव भेटिएको थियो ।

मृतकको शव परीक्षणका लागि गोरखा अस्पताल ल्याइएको र शव परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई जिम्मा लगाइने डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।