
धरान, २१ चैत । युवापुस्ताहरु माझ लोकप्रिय ब्याण्ड ‘द एज’ धरानमा आफ्नो सांगीतिक प्रस्तुतिको लागि आउँदो फागुन २४ गते शनिबार आयोजना हुने ‘प्रजापति संगीत समारोह– द एज लाइभ इन धरान’ कार्यक्रममा आउँदैछ ।
सम्झिने मुटु, थाहा छैन, नचाहेको हैन, तिम्रो याद, मेरो आँशु लगायतका थुप्रै गीतहरु द एज ब्याण्डका लोकप्रिय रहेका छन् । २४ वर्ष अघि पहिलो एल्बम निकालेर चर्चित बनेको द एज ब्याण्डको मुख्य गायक जीवन गुरुङ रहनुभएको छ ।

कन्सर्टमा धरानको लासोज ब्याण्ड लगायत स्थानीय डान्स सेन्टरहरुको नृत्य समेत रहनेछ । कार्यक्रमलाई भव्य र सभ्य बनाउन स्टेज, साउण्ड, लाइट सिस्टमहरु उच्चस्तरको रहनेछ र साउण्ड–लाइटको व्यवस्थापन सुन्दर साउण्डले गर्ने आयोजक प्रज्ज्वल प्रजापति श्रेष्ठले बताउनुभयो ।
धरान रंगशालाको तल्लो मैदानमा आयोजना हुने सांगीतिक कार्यक्रम बांझागरा एकता युवा क्लब, धरान–१५ को आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन लागेको हो ।








प्रतिक्रिया